काठमाडौं । नेकपा एमालेले माघ ४ गतेबाट निर्वाचनको तयारीमा जुट्ने भएको छ । काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिनु भयो ।
बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने उहाँको भनाई छ । खुल्ला सभाबाट एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन खोजिरहेको उहाँले बताउनु भयो । कतिपयले अझै पनि एमाले चुनावमा भाग लिन्छ र ? भनेर प्रश्न गरिरहेको भन्दै एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै पनि नभनेको पनि स्पष्ट पार्नु भयो ।
उहाँले रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गर्नु भयो ।
प्रकाशित | २ माघ २०८२, बिहीबार १३:२९

