काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको टिकट पनि अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नु भएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा काभ्रेपलाञ्चोक–२ बाट गोकुल बास्कोटालाई उम्मेदवार बनाउनुपर्ने छलफल भएको थियो । तर अध्यक्ष ओलीले काभ्रे–१ को मात्र उम्मेदवार टुंग्याउन लगाउनु भयो । त्यहाँ राष्ट्रिय युवा संघबाट राजीतिमा आएका अमित लामालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
बास्कोटाले निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट एकल उम्मेदवार सिफारिस हुनु भएको थियो । प्रदेश कमिटीले अशोक व्यञ्जु, विमला शर्मा चौलागाईं र हरिशरण दाहालको नाम थपेको थियो ।
प्रकाशित | ५ माघ २०८२, आईतवार १३:०२

