बालेन शाह :  काठमाडौं महानगरपालिकाको मेयर देखि भावी प्रधानमन्त्रीको उम्मेदवारसम्म

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको यात्रा अब राष्ट्रिय राजनीति तर्फ अग्रसर बनेको छ । बालेनको राजनीति अब स्थानीय तहमा सीमित नरहने भएको हो । स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगर जितेर परम्परागत दल र राजनीतिक अभ्यासलाई चुनौती दिएका बालेनले मेयरका रूपमा गरेका कामले उहाँलाई फरक र प्रभावशाली नेताको रूपमा स्थापित गरिसकेको छ। यही छविका कारण उहाँ अहिले राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाउन थाल्नु भएको हो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

सम्भवतः आजबाट नै रास्वपा सभापति रवि लामिछानेसहित जनकपुर जाने कार्यक्रम रहेको छ । रास्वपाको राजनीतिक विस्तार रणनीति र बालेनको राष्ट्रिय पहुँचलाई जोडेर हेर्न सकिन्छ। मधेसबाट सन्देश प्रवाह गर्दै वैकल्पिक राजनीतिलाई बलियो बनाउने प्रयासमा बालेनको उपस्थितिले पार्टीलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

पुस १३ गते रास्वपा र बालेन समूहबीच भएको एकतापछि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीले उहाँको राजनीतिक यात्राको अर्को चरण देखाएको छ । यदि संघीय संसदमा प्रवेश गर्नु भयो भने उहाँ सांसदमा मात्र सीमित हुनुहुने छैन बरु रास्वपाको नेतृत्व तह हुँदै भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा राष्ट्रिय राजनीतिमा उदाउने सम्भावना बलियो देखिन्छ ।


प्रकाशित | ५ माघ २०८२, आईतवार १३:५२