काठमाडौ । शिक्षा क्षेत्रमा विगत झण्डै तीन दशक देखी सक्रिय नवराज काफ्ले ‘युरो किड्स इन्टरनेशनल एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ ।
युरो किड्स इन्टरनेशनलको स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा विश्वभरबाट उत्कृष्ट नेतृत्व, उच्च शैक्षिक गुणस्तर र संस्थागत योगदानका आधारमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो ।

काफ्लेले नेपालमा काठमाडौं, भक्तपुर, ललितपुर र सुनसरीको इटहरीमा गरी जम्मा ५ वटा युरो किड्स सञ्चालन गर्दै आउनुभएको छ । जुन नेपालमै सबैभन्दा धेरै युरो किड्स विद्यालय सञ्चालन गर्ने नेतृत्वका रूपमा परिचित छ । उहाँ विद्यार्थी भिसामा अध्ययन गर्न विदेश जाने विद्यार्थीका अभिभावकहरूको साझा संस्था ‘अभिभावक संघ नेपाल’का केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ ।
अष्ट्रेलिया र अमेरिका जस्ता देशमा बसोबास गरी शिक्षा तथा व्यवस्थापनसम्बन्धी अनुभव हासिल गर्नुभएका काफ्लेले सो अनुभवलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने लक्ष्यसहित प्रयोग गर्दै पूर्णकालीन रूपमा शिक्षाक्षेत्रमा योगदान दिँदै आउनुभएको छ ।
हाल युरो किड्स इन्टरनेशनलका विश्वभर १,७०० भन्दा बढी शाखा सञ्चालनमा छन्। तीमध्ये नेपालमा ३२ वटा शाखा रहेका छन्। नेपालका यी ३२ शाखामध्ये शैक्षिक गुणस्तर, उत्कृष्ट कार्यसम्पादन र समग्र योगदानका आधारमा मात्र ४ वटा युरो किड्स पुरस्कृत भएका छन्। पुरस्कृत हुने शाखामा काठमाडौं उपत्यकाभित्रका युरो किड्स छाउनी, युरो किड्स विशालनगर, युरो किड्स भक्तपुर तथा उपत्यकाबाहिर युरो किड्स घोरही, दाङ रहेका छन् ।

सम्मान कार्यक्रम जनवरी २० तारिखका दिन भारतको मुम्बईस्थित होटल फेयरमोन्टमा भव्य समारोहबीच सम्पन्न भएको थियो । युरो किड्सलाई नेपाल बाहिर विस्तार गर्ने दीर्घकालीन योजनाअन्तर्गत काफ्लेले जापानबाट अन्तर्राष्ट्रिय विस्तारको सुरुवात गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । यसका साथै उहाँ लामो समयदेखि लेखापरीक्षण पेशामा समेत संलग्न रहँदै आउनुभएको छ। करिब १५० भन्दा बढी स्कुल तथा कलेजको लेखा तथा संस्थागत व्यवस्थापन सम्हालिसकेको अनुभवले उहाँलाई शिक्षा क्षेत्रमा प्रभावकारी र सफल नेतृत्व प्रदान गर्न महत्वपूर्ण आधार बनेको छ ।
प्रकाशित | ८ माघ २०८२, बुधबार १२:४९

