रौतहट, — रौतहट क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार युवा नेता शेख सगिरले उम्मेदवारी दर्ता गरेको तेस्रो दिन ईशनाथ नगरपालिका वडा नं. ८ मा आयोजित क्रिकेट टुर्नामेन्टको उद्घाटन गर्नुभएको छ।

युवा क्रिकेट क्लबद्वारा आयोजित टुर्नामेन्टको शेख सगिरले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले युवाहरूको खेलकुद विकास र प्रतिभा पहिचानमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

उद्घाटन कार्यक्रममा स्थानीय युवा, खेलाडी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममार्फत उम्मेदवार शेख सगिरले खेलकुद, युवा सशक्तीकरण र सकारात्मक सामाजिक गतिविधिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

तेस्तै, सगीरले मोतीपुरमा आयोजित क्रिकेट प्रतियोगिताको उद्घाटन समेत गर्नुभएको छ। उद्घाटन समारोहमा उहाँले खेलकुदले युवालाई अनुशासन, एकता र सकारात्मक ऊर्जातर्फ अग्रसर गराउने बताउँदै खेलाडीहरूलाई शुभकामना दिनुभयो।

कार्यक्रमपछि सहभागी खेलाडी तथा स्थानीय युवाहरूको मनोबल उच्च भएको देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सकारात्मक सन्देश प्रवाह भएको छ।
प्रकाशित | ९ माघ २०८२, बिहीबार १७:१४

