आयल निगमले भन्यो – कच्चा तेलसँग तुलना गरेर इन्धनको मूल्यबारे भ्रममा नपरौँ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति नेपाल आयल निगमले स्पष्ट पारेको छ।

निगमका अनुसार नेपालमा कच्चा तेल (क्रूड आयल) होइन, प्रशोधित पेट्रोल र डिजेल आयात हुने भएकाले मूल्य तुलना पनि प्रशोधित इन्धनसँगै गर्नुपर्ने हुन्छ।

निगमका प्रवक्ता मनोज ठाकुरले क्रूड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुने भएकाले गलत तुलना गरेर भ्रम नफैलाउन आग्रह गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको १५ दिने औसत मूल्यका आधारमा नै आयात मूल्य निर्धारण हुन्छ।

निगमले भन्सार, कर, ढुवानी, बिमा लगायतका कारणले अन्तिम खुद्रा मूल्य देशअनुसार फरक पर्ने स्पष्ट पारेको छ। साथै, उपभोक्तालाई यथार्थ तथ्य बुझेर मात्र धारणा बनाउन आग्रह गरिएको छ।


प्रकाशित | ६ बैशाख २०८३, आईतवार १२:३०