गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङ माथि लागेको आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त प्रारम्भ गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसका अनुसार आरोपहरूको ढाकछोप भए जनविश्वासमाथि गम्भीर आघात पुग्नेछ, त्यसैले छानबिनमा कुनै ढिलासुस्ती वा प्रभाव नपुग्न आग्रह गरिएको छ।

यसैगरी, मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने र अनुसन्धानलाई पूर्ण रूपमा प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्ने धारणा पनि कांग्रेसले व्यक्त गरेको छ।


प्रकाशित | ७ बैशाख २०८३, सोमबार १३:३३