गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर फैलिएका विभिन्न आरोपप्रति स्पष्टीकरण दिएका छन्। उनले आफूले २ करोडभन्दा बढी सेयर लगानी सम्पत्ति विवरणमै खुलाएको भन्दै “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोप भ्रामक भएको बताएका छन् ।
उनका अनुसार सेयर लगानी बैंकिङ च्यानलमार्फत भएको र रकमको स्रोत ऋणमार्फत जुटाइएको स्पष्ट रेकर्डमा रहेको छ। एउटै कम्पनीमा लगानी गर्नु सबैसँग साझेदारी गर्नु नभएको उल्लेख गर्दै उनले आरोपहरू चयनित रूपमा लगाइएको दाबी गरेका छन्।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी विषयमा पनि सम्बन्धित निकायमार्फत प्रक्रिया अघि बढिरहेको बताउँदै उनले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे।
गुरुङले अन्त्यमा आरोप र सत्य फरक हुने भन्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने र आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
प्रकाशित | ७ बैशाख २०८३, सोमबार १३:५४

