गृहमन्त्री गुरुङ भन्छन्– कारबाही रोकिँदैन, डगमगाइँदैन

गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय बढ्दो भ्रष्टाचार र त्यसविरुद्धको कारबाहीबारे कडा अभिव्यक्ति दिएका छन्। उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा अनियमितता गर्दै आएको समूह अहिले कारबाहीको डरले आत्तिएको बताएका छन्।

“राष्ट्रको पैसा लुट्नेहरूले अहिले मिडिया ट्रायल र प्रायोजित हल्लामार्फत भ्रम फैलाउने प्रयास गरिरहेका छन्, तर त्यो उनीहरूको छटपटी मात्र हो,” उनले भने।

गृहमन्त्री गुरुङका अनुसार भ्रष्टाचारविरुद्धको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्दै उनले कारबाही प्रक्रिया डगमगाउने सम्भावना नरहेको बताए।

उनले दैनिक ठूलो परिमाणमा हुने भ्रष्टाचारतर्फ संकेत गर्दै “दिनको ५० करोडसम्मको भ्रष्टाचार हुने अवस्थाविरुद्ध राज्य गम्भीर भएर लागेको छ” भन्ने सन्देश दिएका छन्।

उनको भनाइलाई सरकारले भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने संकेतका रूपमा हेरिएको छ।


प्रकाशित | ७ बैशाख २०८३, सोमबार २२:०३