सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको बैठकले विभिन्न महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको हो।
बैठकका प्रमुख निर्णयहरू यसप्रकार छन्:
– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय।
– नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।
– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।
– मतदाता नामावली ऐन २०७३ संशोधन विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।
– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) तथा रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय।
सरकारले यी निर्णयमार्फत वित्तीय बजार, निर्वाचन प्रणाली तथा सहकारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित | ८ बैशाख २०८३, मंगलवार १७:०२

