समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम, नतिरे सेवा रोक्का र लिलाम

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी ऋण लिएका सबैलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ।

सूचनाअनुसार सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी तथा जमानी सबैलाई साँवा, ब्याज र हर्जाना समेत बुझाउन आग्रह गरिएको छ।

समयमै ऋण नबुझाएमा ऋणी तथा जमानीको सम्पत्ति रोक्का गर्ने र धितो लिलाम प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समितिले पटक–पटक जानकारी गराउँदा पनि बाँकी रहेका बक्यौता नबुझाइएकाले अब अन्तिम सूचना जारी गरिएको स्पष्ट पारेको छ।

 


प्रकाशित | ८ बैशाख २०८३, मंगलवार १९:२६