काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङको राजीनामा स्वीकृत गरेका छन्।
गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्री स्वयंले सम्हाल्ने जनाइएको छ। तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने निर्णय गरिएको छ।
गुरुङसँग सम्बन्धित विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी समेत गरिएको छ। उक्त समितिले प्रतिवेदन नबुझाउँदासम्म गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहनेछ।
छानबिनबाट गुरुङ निर्दोष देखिएमा पुनः गृहमन्त्रीको जिम्मेवारी दिने योजना रहेको जनाइएको छ।
प्रकाशित | ९ बैशाख २०८३, बुधबार १४:५७

