काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र ले सरकारी कार्यालयहरूमा स्पाई क्यामेरा सहित छड्के अनुगमन तीव्र बनाउँदा १३ सयभन्दा बढी कर्मचारी कारबाहीमा परेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह को निर्देशनपछि चैत १६ देखि वैशाख ९ सम्म करिब ३ सय कार्यालयमा अनुगमन गरिएको थियो। समयमा नआउने, कुर्सीमा नभेटिने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिएको हो।
सीसीटीभी निगरानी, फाइल ट्र्याकिङ र गोप्य टोलीमार्फत छड्के गर्दै कर्मचारीलाई सचेत गराउने तथा आवश्यक परे कडा कारबाहीको प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ।
प्रकाशित | १० बैशाख २०८३, बिहीबार १०:०८

