कर्मचारी व्यवस्थापनमा सरकार आक्रामक, मन्त्री रावलको चेतावनी: सेवा अवरुद्ध भए सह्य हुँदैन

काठमाडौं । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कामलाई तीव्र बनाएको छ। लामो समयदेखि निमित्तको भरमा चलिरहेका पालिकाहरूमा दरबन्दीअनुसार कर्मचारी पठाइएपछि प्रशासनिक वृत्तमा हलचल देखिएको छ।

सुगममा बस्न चाहने कर्मचारीलाई दुर्गम खटाइँदा केहीले राजीनामा दिन थालेका छन्। मन्त्रालयका अनुसार पहिले १७४ पालिका प्रशासकीय अधिकृतविहीन रहेकामा अहिले घटेर १३ मा झरेको छ।

अधिकांश स्थानीय तहमा कर्मचारी पठाइसकिएको र ‘निमित्त’ प्रथा अन्त्य नजिक पुगेको बताइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताको सेवा प्रभावकारी बनाउन कुनै पनि प्रकारको ढिलासुस्ती वा अटेर स्वीकार्य नहुने स्पष्ट पार्दै सरकार कडा रूपमा अघि बढेको बताएकी छन्।

मन्त्री रावलले जनताको सेवामा कुनै सम्झौता नहुने स्पष्ट पारेकी छन्।


प्रकाशित | १० बैशाख २०८३, बिहीबार १२:५५