गैरआवासीय नेपाली विधेयकमा यूएनडीओ अध्यक्ष सोनाम लामाको सक्रिय पहल

काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) का अध्यक्ष सोनाम लामाको नेतृत्वमा गैर आवासीय

नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८३ का विषयमा संगठनले निरन्तर सक्रिय पहल गरिरहेको छ।

डायस्पोरा नेपालीहरूको मातृभूमिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उनीहरूलाई नेपालको विकास प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउने उद्देश्यसहित यूएनडीओले सम्बन्धित निकायहरूमा आफ्नो राय तथा सुझाव पेश गरेको जनाएको छ।

संस्थाले विदेशमा रहेका नेपालीहरूबीच पारस्परिक सहयोग, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने लक्ष्यसहित काम गर्दै आएको बताउँदै कानुन निर्माण प्रक्रिया सम्पन्न नभएसम्म पनि आफ्नो लबी र संवाद निरन्तर जारी रहने स्पष्ट पारेको छ।

यूएनडीओ एक स्वतन्त्र, गैर नाफामूलक, गैर राजनीतिक र गैर सरकारी संस्था भएको हो । सन् २०२२ देखि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भई सक्रिय रूपमा काम गर्दै आएको छ।


प्रकाशित | १६ बैशाख २०८३, बुधबार ११:४६