कांग्रेस राष्ट्रिय सभा दलको नेताबाट सिटौला हटाइए, कमला पन्त नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसमा आन्तरिक समीकरण फेरिएको छ। राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् भने सो पदमा कमला पन्तलाई नियुक्त गरिएको छ।

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई हटाउँदै पन्तलाई नयाँ जिम्मेवारी दिएका हुन्।

उनले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।

पार्टीभित्र देखिएको मतभेदका बीच यो निर्णय आएको हो। सिटौलाले विशेष महाधिवेशनको विरोध गर्दै आएका थिए भने नव-नियुक्त नेता पन्त विशेष महाधिवेशनको पक्षमा उभिएकी थिइन्।

यस निर्णयलाई कांग्रेसभित्र शक्ति सन्तुलन र भावी रणनीतिसँग जोडेर हेरिएको छ।


प्रकाशित | १६ बैशाख २०८३, बुधबार १२:५०