काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी संरचनामा सुधार गर्ने उद्देश्यसहित एकैपटक तीन महत्वपूर्ण अध्यादेश जारी गर्नुभएको छ।
राष्ट्रपतिले केही पदाधिकारीको नियुक्ति तथा पदमुक्ति प्रक्रिया सहज बनाउन नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउनुभएको हो। यससँगै स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुदृढ गर्न स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र शैक्षिक संस्थाहरूको सञ्चालन तथा सुधारका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश पनि जारी गरिएको छ l
यी तीनवटै अध्यादेशले सरकारी निकायहरूको कार्यप्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सरकारको निर्णयअनुसार ल्याइएका यी कानुनी व्यवस्थाहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ।
प्रकाशित | १९ बैशाख २०८३, शनिबार १६:२९


