काठमाडौ : सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए।
प्रकाशित | २१ बैशाख २०८३, सोमबार १२:२९

