राष्ट्रपतिले जारी गरे  संवैधानिक परिषद सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारले अध्यादेश जारी गर्न पुनः सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले उक्त अध्यादेश आज स्वीकृत गरेको हो। यसअघि सरकारबाट सिफारिस गरिएका आठ अध्यादेशमध्ये सात वटा जारी भइसकेका थिए भने संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता पठाइएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेश पुनः जस्ताकोतस्तै जारी गर्न सिफारिस गरेपछि अन्ततः राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गरेका हुन्।


प्रकाशित | २२ बैशाख २०८३, मंगलवार १२:५९