काठमाडौं: सरकारले वैशाख २८ गते संघीय संसद्को बैठक बोलाउन रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
सरकारको यस निर्णयसँगै नीति, विधेयक र समसामयिक विषयमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित | २२ बैशाख २०८३, मंगलवार १६:०५

