काठमाडौ : सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।
संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकको मुख्य कार्यसूची “प्रधानन्यायाधीशको नियुक्ति सिफारिस” रहेको छ, जसलाई न्यायिक नेतृत्व व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रकाशित | २३ बैशाख २०८३, बुधबार १३:४१

