काठमाडौ : सरकारले प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न तहमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ।
यही वैशाख २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा आयोगमा कार्यरत ११ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।
त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत तहका ५८ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले वैशाख २२ गते गरेको निर्णयअनुसार अतिरिक्त समूहमा रहेका तथा विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।
सरुवा सूचीअनुसार अधिकांश शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। साथै केही कर्मचारीलाई संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालयहरूमा समेत पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित | २३ बैशाख २०८३, बुधबार १८:२७







