काठमाडौं । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) का अध्यक्ष सोनाम लामाको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेट गर्दै गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ माथि आवश्यक सुझाव पेश गरिएको छ।
भेटमा प्रवासी नेपालीका हक–अधिकार, लगानीमैत्री वातावरण, कानुनी स्पष्टता तथा डायस्पोराको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा संशोधन प्रस्ताव राखिएको युएनडिओले जनाएको छ।
अध्यक्ष सोनाम लामाले विश्वभर रहेका नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालको समृद्धिसँग जोड्न व्यवहारिक र समयानुकूल कानून आवश्यक रहेको आमाले बताउनु भएको छ।
साथै, प्रवासी नेपालीको आवाजलाई विधेयकमार्फत संस्थागत रूपमा सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
प्रकाशित | २४ बैशाख २०८३, बिहीबार १४:१७



