काठमाडौ : नेपालका आठ वटा विश्वविद्यालयका लागि उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन माग गरिएको छ।
समितिले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” सार्वजनिक गर्दै योग्य उम्मेदवारहरूलाई तोकिएको प्रक्रिया अनुसार आवेदन दिन आह्वान गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार योग्य, अनुभवी र शैक्षिक नेतृत्व क्षमता भएका व्यक्तिहरूलाई छनोट प्रक्रियामा समेटिनेछ।
यससँगै देशका प्रमुख विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढेको छ, जसले उच्च शिक्षाको व्यवस्थापन र गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित | २५ बैशाख २०८३, शुक्रबार १०:२०

