काठमाडौं । Nexus International School ले कक्षा ७ का विद्यार्थीका अभिभावक तथा संरक्षकलाई लक्षित गर्दै आयोजना गरेको ‘ओपन हाउस कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, शिक्षण पद्धति, विद्यार्थीको दैनिक जीवनशैली तथा समग्र सिकाइ प्रणालीबारे नजिकबाट जानकारी लिने अवसर पाएका थिए।
विद्यालयले विद्यार्थीको शैक्षिक प्रगति मात्र नभई उनीहरूको आत्मविश्वास, अनुशासन, जिज्ञासा र नेतृत्व क्षमताको विकासलाई पनि प्राथमिकतामा राखिएको जनाएको छ।
काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला टाउन प्लानिङ क्षेत्रमा अवस्थित Nexus International School आधुनिक तथा विद्यार्थीकेन्द्रित शिक्षामा जोड दिने प्रतिष्ठित निजी शैक्षिक संस्थाका रूपमा परिचित छ।
प्रविधिमैत्री शिक्षण शैली, अनुभवी शिक्षक टोली, अनुशासित वातावरण तथा सहशैक्षिक गतिविधिलाई समान प्राथमिकता दिने विद्यालयले विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता र विश्वव्यापी सोच विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित | २८ बैशाख २०८३, सोमबार १०:२६




