गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ

दैलेख । चेक अनादर (बाउन्स) मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन्।

प्रहरीका अनुसार अध्यक्ष शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि उनलाई वैशाख २५ गते म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्।


प्रकाशित | २८ बैशाख २०८३, सोमबार १२:२३