नीति तथा कार्यक्रमकै बीच प्रधानमन्त्री बाहिरिएपछि सल्लाहकार असिम शाहले दिए स्पष्टिकरण

काठमाडौं । राष्ट्रपति समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन शाह केही समयका लागि कार्यक्रमबाट बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा र टिप्पणी सुरु भएका छन् । विपक्षी नेताहरूले समेत अनेक टिकाटिप्पणी गर्न थालेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले यसबारे स्पष्टिकरण दिएका हुन् ।

सल्लाहकार शाहका अनुसार प्रधानमन्त्री बालेन शाहलाई कार्यक्रमकै क्रममा स्वास्थ्यमा सामान्य असहजता महसुस भएको थियो । त्यसपछि उहाँ केही समय विश्रामका लागि बाहिरिनुभएको र स्वास्थ्य अवस्था सामान्य भएपछि पुनः कार्यक्रममा सहभागी हुनुभएको उनले बताएका छन् ।

“प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले केही समय विश्राम लिनुभएको थियो । अहिले उहाँको स्वास्थ्य सामान्य छ र पुनः कार्यक्रममा सहभागी हुनुभएको छ,” असिम शाहले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

प्रधानमन्त्री अचानक कार्यक्रमबाट बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न अनुमान फैलिन थालेका थिए । यही कारण भ्रम फैलिन नदिन र वास्तविक अवस्था सार्वजनिक गर्न सल्लाहकार शाहले औपचारिक जानकारी दिएको बताइएको छ ।


प्रकाशित | २८ बैशाख २०८३, सोमबार २१:५७