एनसेल मुख्यालयमा सिआईबीको छापा — स्मार्ट टेलिकम लिलामीदेखि शेयर विवादसम्म छानबिन सुरु

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ ।

सिआईबी स्रोतका अनुसार कम्पनीमा देखिएको अनियमिततासम्बन्धी अध्ययनका लागि गठित कार्यदलको प्रतिवेदन र नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

स्रोतका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित सामान लिलामी प्रक्रियामा देखिएको विवादपछि एनसेल पुनः अनुसन्धानको दायरामा आएको हो ।

यसअघि शेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिहरू पनि अनुसन्धानको विषय बनेका थिए । स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मिलेर भएको भनिएको लिलामी प्रक्रियाबारे पनि शंका उठेपछि थप छानबिन अघि बढाइएको बताइएको छ ।

सिआईबी स्रोतले केही कागजातहरू नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रकाशित | ३१ बैशाख २०८३, बिहीबार १५:३१