काठमाडौं । विपक्षी दलहरूको बहिष्कार र प्रमुख प्रतिपक्षीको अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट उठेका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि केही विपक्षी दलहरूले सदन बहिष्कार गरे भने नेपाली कांग्रेसका सांसदहरूले सदनमै बसेर विरोध जारी राखे।
प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन्। विपक्षीले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राखेका थिए।
यसअघि राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको थियो।
प्रकाशित | ३१ बैशाख २०८३, बिहीबार २२:१७

