काठमाडौं । एनआरएन आईसीसीका पूर्व उपाध्यक्ष तथा अमेरिकाका पूर्व अध्यक्ष सुनिल शाहले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) मा अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ।
उहाँले एनसीसीलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने र निर्वाचित संरचनाको अधिकारमा कुनै पनि प्रकारको हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभएको छ।
उहाँले अन्तर्राष्ट्रिय परिषद्ले निर्वाचित राष्ट्रिय समन्वय परिषद्हरूमाथि निर्देशनात्मक शैली अपनाउनु उचित नभएको उल्लेख गर्दै आगामी निर्वाचनलाई निष्पक्ष, समावेशी र सबै सदस्यले मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ।
साथै, वर्तमान सरकार गैर आवासीय नेपालीका मुद्दा समाधान गराउने ऐतिहासिक अवसरमा रहेको उल्लेख गर्दै एनआरएनए नेतृत्वले आन्तरिक विवादभन्दा माथि उठेर नागरिकता लगायतका विषयलाई संस्थागत रूपमा समाधान गर्न सरकारसँग प्रभावकारी पहल गर्नुपर्ने उहाँको भनाइ छ।
प्रकाशित | २ जेष्ठ २०८३, शनिबार १०:४२

