काठमाडौ : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सर्वोच्च अदालत पुगेर उहाँले औपचारिक रूपमा पदभार सम्हाल्नुभएको हो।

पदभार ग्रहण गर्दै उहाँले न्यायपालिकालाई छिटो, निष्पक्ष र पारदर्शी बनाउने आफ्नो प्रमुख प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले “न्यायलाई छिटो, निष्पक्ष र पारदर्शी बनाउनेछु” भन्दै न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी र नागरिकमैत्री बनाउने आफ्नो प्राथमिकता रहने स्पष्ट गर्नुभयो।

उहाँले अदालतमा बढ्दो मुद्दा चाप घटाउने, डिजिटल न्याय प्रणाली विस्तार गर्ने तथा न्यायमा पहुँच सहज बनाउनेतर्फ पनि आफ्नो ध्यान केन्द्रित रहने संकेत दिनुभएको छ।
प्रकाशित | ५ जेष्ठ २०८३, मंगलवार २०:२१

