काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्ले ले कुल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपियाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि भने बजेटको आकार बढाइएको छ ।
बढ्दो बजेट आकारसँगै सरकारले पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, आर्थिक सुधार र वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
प्रकाशित | १५ जेष्ठ २०८३, शुक्रबार १८:५०

