अर्जेन्टिनालाई विश्वकपमा विशेष प्राथमिकता दिइएको हो ? निष्पक्षतामाथिको बहस किन तिब्र बनिरहेको छ ?

काठमाडौं ।  फिफा विश्वकप २०२६ मा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले लगातार कठिन प्रतिस्पर्धा पार गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । तर उसको सफलतासँगै रेफ्रीको निर्णय, भिडियो सहायक रेफ्रीको प्रयोग र फिफाको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। विशेषगरी इजिप्टले अन्तिम–१६ मा ३–२ को हारपछि फिफामाथि अर्जेन्टिना र कप्तान लियोनल मेस्सीलाई संरक्षण दिएको आरोप लगाएको छ ।

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीलाई अन्याय गरिएको भन्दै प्रतियोगिताबाट आफूहरू बाहिरिनुमा गम्भीर रेफ्री त्रुटि र दोहोरो मापदण्ड जिम्मेवार रहेको बताएका थिए। उनले फिफाले विश्व च्याम्पियनलाई प्रतियोगितामा टिकाइराख्न र मेस्सीलाई उपाधि दौडमा कायम राख्न चाहेको हुन सक्ने आरोपसमेत लगाए।
यसैबीच बीबीसी स्पोट्र्सले अर्जेन्टिनालाई साँच्चिकै विशेष सुविधा दिइएको हो वा होइन भन्ने विषयमा विभिन्न विवादास्पद घटनाको विश्लेषण गरेको छ ।

स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा ३–१ को जित निकाल्दा ख्ब्च् को निर्णय निर्णायक बन्यो। खेलको ७२औँ मिनेटमा स्विस फरवार्ड ब्रिल एम्बोलोले फाउल मागेपछि रेफ्रीले अर्जेन्टिनी खेलाडी लिएन्ड्रो पारेडेसलाई पहेँलो कार्ड देखाएका थिए। तर सहायक रेफ्रीले उक्त निर्णय गलत रहेको निष्कर्ष निकाल्दै एम्बोलोले नै नाटक गरेको ठहर ग¥यो। त्यसपछि रेफ्रीले पारेडेसको कार्ड फिर्ता लिएर एम्बोलोलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। युरोपेली फुटबल महासंघ (यूईएफए) ले यस्ता अवस्थामा सहायक रेफ्रीले प्रयोग नगर्न निर्देशन दिएको सन्दर्भमा यो निर्णयलाई लिएर व्यापक बहस भएको छ।

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा पनि अर्जेन्टिनाको पक्षमा केही निर्णय गएको भन्दै आलोचना भएको छ। खेलको सुरुमै इन्जो फर्नान्डेजले इलियट एन्डरसनमाथि पछाडिबाट गरेको चुनौतीलाई रातो कार्ड योग्य मान्न सकिने तर्क गरिए पनि उनलाई कुनै कारबाही भएन। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोलअघि लियोनल मेस्सीले डेजेड स्पेन्समाथि फाउल गरेको दाबी इङ्ग्ल्यान्डका समर्थकले गरे पनि गोललाई मान्यता दिइयो र अर्जेन्टिना २–१ ले विजयी बन्यो।

इजिप्टसँगको अन्तिम–१६ को खेल सबैभन्दा विवादित बन्यो। इजिप्ट २–० ले अगाडि रहेको अवस्थामा सहायक रेफ्रीको हस्तक्षेपपछि मोस्तफा जिकोले गरेको उत्कृष्ट गोल रद्द गरिएको थियो। गोल बन्नुअघि मारवान अत्तियाले लिसान्द्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै फाउल दिइएको थियो। त्यसबाहेक इजिप्टले आफूलाई दुईवटा पेनाल्टी दिनुपर्ने दाबी गरेको थियो। हम्दी फाथी र मोहम्मद सलाहमाथि अर्जेन्टिनी खेलाडीले फाउल गरेको आरोप लगाए पनि ख्ब्च् ले हस्तक्षेप गरेन। बीबीसीका अनुसार यी निर्णय विवादास्पद भए पनि अर्जेन्टिनाको पक्षमा षड्यन्त्र भएको स्पष्ट प्रमाण भने मान्न सकिँदैन।

विश्वकपको समूह चरणमै मेस्सी पनि विवादमा तानिएका थिए। अल्जेरियाविरुद्ध उनले कप्तान ऐसा मान्डीको खुट्टामा गरेको चुनौतीका लागि न त पहेँलो कार्ड पाए, न ख्ब्च् ले रातो कार्डको समीक्षा ग¥यो। यही प्रतियोगितामा अमेरिकाका फोलारिन बालोगुनलाई लगभग समान प्रकृतिको चुनौतीका कारण ख्ब्च् मार्फत रातो कार्ड देखाइएको थियो। यदि मेस्सी त्यसबेला निलम्बित भएका भए उनले समूह चरणका बाँकी खेल खेल्न पाउने थिएनन् र प्रतियोगितामा गरेका आठ गोलमध्ये पाँच गोल सम्भवतः हुन सक्दैनथे।

रेफ्री नियुक्तिलाई लिएर पनि प्रश्न उठेको थियो। फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनलमा पहिलोपटक सम्पूर्ण अन–फिल्ड अफिसियल अर्जेन्टिनाकै नियुक्त गरिएका थिए। त्यसपछि मुख्य सहायक रेफ्री पनि अर्जेन्टिनाकै रहने घोषणा गरिएको थियो। फ्रान्स अर्जेन्टिनाको सम्भावित प्रतिद्वन्द्वी भएकाले यस्तो नियुक्तिले निष्पक्षतामाथि प्रश्न उठाए पनि उक्त खेलमा कुनै विवादास्पद निर्णय भने भएन र फ्रान्स २–० ले विजयी भयो।

बीबीसीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो र मेस्सीबीचको सम्बन्धलाई पनि स्मरण गराएको छ। सन् २०२५ को क्लब विश्वकपमा अमेरिकी टोली छनोट गर्ने क्रममा एमएलएस च्याम्पियन एलए ग्यालेक्सीको सट्टा इन्टर मियामीलाई प्रतियोगितामा सहभागी गराइएको थियो, जसका कारण मेस्सी उद्घाटन खेलमै मैदानमा उत्रिन पाएका थिए। त्यस घटनाले पनि फिफाले मेस्सीको उपस्थितिलाई प्राथमिकता दिएको चर्चा चुलिएको थियो।

विश्वकपको नकआउट संरचनालाई लिएर पनि बहस भएको छ। फिफाले ड्रअघि विश्व वरीयताका शीर्ष चार राष्ट्र फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ग्ल्यान्डलाई छुट्टाछुट्टै भागमा राख्ने व्यवस्था गरेको थियो। यसका कारण यी टोलीहरू सेमिफाइनलअघि एकअर्कासँग भिड्न परेनन्। अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डजस्ता तुलनात्मक रूपमा कमजोर वरीयताका टोलीसँग खेल्दा स्पेन र फ्रान्सले भने उच्च वरीयताका प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थियो।

पेनाल्टीको तथ्यांकले पनि अर्जेन्टिनालाई केन्द्रमा राखेको छ। सन् २०२२ को विश्वकपमा कीर्तिमानी पाँच पेनाल्टी पाएको अर्जेन्टिनाले यसपटक पनि सबैभन्दा बढी तीन पेनाल्टी प्राप्त गरेको छ, यद्यपि मेस्सीले तीमध्ये दुई पेनाल्टी गोलमा परिणत गर्न सकेनन्।

बीबीसी स्पोट्र्सको निष्कर्षअनुसार अर्जेन्टिनाको पक्षमा केही विवादास्पद निर्णय अवश्य देखिएका छन्। तर हालसम्म उपलब्ध प्रमाणका आधारमा फिफाले योजनाबद्ध रूपमा अर्जेन्टिना वा मेस्सीलाई फाइदा पु¥याएको निष्कर्ष निकाल्न भने पर्याप्त आधार छैन। यद्यपि लगातार दोहोरिएका निर्णयहरूले विश्व फुटबलमा निष्पक्षतामाथिको बहसलाई थप तीव्र बनाएको छ।

 


प्रकाशित | २ श्रावण २०८३, शनिबार ११:०७