काठमाडौंः आज जेष्ठ १३ गते सोमबारका दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ, भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सुन सोमबार १ सयले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १४:३१

