मकाउ : बारा र पर्सामा आएको हावाहुरी प्रभावीतको लागि गैर अवाासीय नेपाली संघ (एनआरएनए ) मकाउले पहिलो चरणमा एओपी ३५ हजार ७ सय १७ पठाएको छ । एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार नेपाली झन्डै ५ लाख रुपैयाँ वरावरको रकम पठाइएको हो । एनआरएनएको केन्द्रीय खातामा सो रकम पठाइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले बारा र पर्साका हावाहुरी प्रभावीतको लागि ४ लाख ११ हजार रुपैयाँ सहयोग एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । एनआरएनए यूकेले लन्डनमा आयोजीत एक कार्यक्रमकाबीच एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्यलाई सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनएन यूके उपाध्यक्ष एवं आपत्तकालीन विभाग संयोजक सुशिला राईको संयोजकत्वमा संकलन […]
टोकियो : गैर आवासीय नेपाली संघ जापानले बुद्ध जयन्तीको अवसरमा शान्ति र्याली आयोजना गर्ने भएको छ। सो अवसरमा २५६३ मिलिमीटर बुद्ध र बुद्दत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाउने गरि शान्ति र्याली गर्ने भएको हो । विगतका केहि वर्षहरुमा नेपाल जापान युथ क्लब र विई फ़र अल दुई सामाजिक […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनले बारा र पर्साका हावाहुरी प्रभावीतलाई ७ लाख दुई हजार ९६४ रुपैयाँ सहयोग गरेको छ । चीनबाट संकलीत सो रकम एनआरएनए चीनको टोलीले आइसिसी अध्यक्ष भवन भट्टलाई सचिवालयमा हस्तान्तरण गरेको हो । चीनको राष्ट्रिय समन्वय परिषदले संकलन गरेको ४ लाख र क्षेत्रीय संगठन इयुबाट संकलन गरिएको एक लाख […]
नाइजेरिया : एनआरएनए नाइजेरियाले आज बारा र पर्साका आधी पीडितलाई रु एकलाख एकतिस हजार सहयोग पठाए पछि एनआरएनए केन्याले सहयोग रकम पठाएको छ । एनआरएनए केन्द्रीय कार्यालय काठमाडौंमा सोका लागि २३ हजार ३ सय १२ रुपैया सहयोग जम्मा गरेको केन्याका अध्यक्ष कृष्ण दत्त भट्टले जानकारी गराउनुभयो । त्यसैगरी, एनआरएनए युगान्डाले पनि राहात संकलन शुरु गरेको […]
काठमाडौं : गैर आवासीय नेपाली संघ कतारले बारा पर्साका आधी पीडितलाई राहत सहयोगस्वरुप ३ लाख ८५ हजार सहयोग उपलब्ध गराएको छ । एनआरएन कतारले सो सहयोग एनआरएनए केन्द्रीय कार्यालयको खातामा सो रकम पठाएको हो । एनआरएन आइसिसी सचिव डिवी क्षेत्रीका अनुसार मध्य पूर्वका विभिन्न एनसिसीबाट सहयोग संकलन भइरहेको र पहिलो चरणको रकम एनआरएनको खातामा आइसकेको […]
नाइजेरिया: गैर आवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पीडितलाई राहत सहयोगस्वरुप १ लाख ३१ हजार सहयोग उपलब्ध गराएको छ । एनआरएन नाइजेरियाले आज एनआरएनए केन्द्रीय कार्यालयको खातामा सो रकम पठाएको हो । एनआरएन नाइजेरियाले राहत संकलन सहयोगमा सहयोग गर्नुप्रति धन्यवाद ब्यक्त गरेको छ । राहत संकलनमा चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, […]