एजेन्सी : बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो । ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज […]
एजेन्सी : साबिकको विजेता चिलीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार बिहान भएको खेलमा जापानलाई ४-० गोल अन्तरले पराजित गर्दै चिलीले शानदार सुरुवात गरेको हो । चिलीलाई जित दिलाउन एड्वार्डो भर्गासले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरे । खेलको ४१ औं मिनेटमा […]
एजेन्सी: ब्राजिलका चर्चित युवा फरवार्ड रोड्रीगो गोजलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ ।ब्राजिलियन क्लब सान्टोसबाट १८ बर्षीय फरवार्ड रोड्रीगोलाई रियलले क्लबमा अनुबन्ध गरेको हो । रोड्रीगो ब्राजिलको यू-२० टिमको महत्वपूर्ण सदस्य हुन् । उनले ब्राजिलको यू-१७ राष्ट्रिय टोलीबाट समेत खेलेका छन् । रोड्रीगोलाई रियलले ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई […]
एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको टाउनटनमा हुने एक मात्र खेलमा उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारको होडमा […]
एजेन्सी: फ्रान्सेली क्लब पीएसजी स्टार खेलाडी नेयमारलाई पीएसजीले राम्रो प्रस्ताव आएको खण्डमा यसै समर विन्डोमा बेच्न तयार देखिएको छ । नेयमारलाई लिएर यतिखेर स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले चासो देखाईरहेका छन् ।उनी सन् २०१७ मा कीर्तिमानी मुल्य २ सय २२ मिलियन पाउण्डमा फ्रान्सेली क्लब आएका थिए । ब्राजिली स्टार नेयमार कोपा अमेरिका प्रतियोगिता अगाडी […]
एजेन्सी : कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार सुरुवात गरेको छ । प्रतियोगिताको सबै भन्दा सफल टोली उरुग्वेले सोमबार बिहान सकिएको खेलमा इक्वेडरलाई ४–० ले हराएको हो । पहिलो हाफमै ३–० ले अघि बढेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पाएको थियो । १० खेलाडीमा सिमित इक्वेडरमाथि उरुग्वेले सहज जित हात पारेको हो । उरुग्वेको जितमा […]
एजेन्सी : भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ । म्यानचेस्टरमा आइतबार भएको बहुचर्चित खेलमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो । ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको […]