काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले स्थापित कम्पनीले सञ्चालक समिति चयन गरेको छ। ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’का नामले स्थापित कम्पनीले संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो। कम्पनीको खातामा करिब तीन अर्ब रुपैयाँ दाखिला भइसकेको छ। अन्य संस्थापकहरूबाट रकम आउने क्रम जारी छ। […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको अध्यक्ष पदमा रोजिना प्रधान राईले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले आगामी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । ‘युकेको विभिन्न सामाजीक संघसंस्था तथा अहिलेसम्म संघमा गरेको योगदान र विशेष गरि उपाध्यक्ष रहँदा पुर्याएको योगदानले […]
नेपालका दृष्टिविहिनलाई निशुल्क कोचिङ कक्षा कोपनहेगन । एनआरएनए डेनमार्कले चार वर्षपछि सञ्चालनमा ल्याएको दोस्रो पुस्ता लक्षित कलरफूल स्याडोज कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको छ । नेपालमा दृष्टिबिहीनहरुलाई विभिन्न सहयोगको लागि संचालित कलरफूल स्याडोज कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले कलरफूल श्याडोज कार्यक्रम अन्तर्गत नेपालमा दृष्टिविहिन भएका विद्यार्थीहरूका […]
पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यही अप्रिल २५ तारिखका दिन बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । यस बर्ष कोभिड १९ को कारण थुप्रै बार्षिक कार्यक्रमहरु थन्किएर बस्नु परेको अवस्थामा केही कार्यक्रमहरु भने भर्चुअल रुपमा पनि सम्पन्न गरिएका थिए। त्यसैगरी थुप्रै कार्यक्रमहरु तोकिएको समय भन्दा ढिलो अर्थात् कार्यक्रमलाई पछि […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको अध्यक्षमा सुनिल खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख रहनु भएको खडकाले आगामी अधिवेशनको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । नयाँ नेतृत्वका लागि साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको […]
बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको अधिबेशन आगामी जुलाई महिनाको १८ तारीख़मा गर्ने निर्णय गरिएको छ । संस्थाको नियमित बैठकले सो निर्णय गरेको हो । संस्थाका अध्यक्ष चित्र सुबेदीको अध्यक्षतामा साथै एनआरएनए युरोप संयोजक नारायण आचार्यको उपस्थितिमा अर्चुअल माध्यमबाट बसेको बैठकले निर्वाचन एनआरएनए आईसीसीले तोकेको मापदण्ड अनुरुप एमआइएस मार्फत अनलाईन आवेदनको […]
पेन्सलभेनिया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा बाबु सुवेदीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ‘सकारात्मक सोंचसहित समाज परिवर्तनका लागि, नेपालीका लागी, नेपाली’ भन्ने मुल मन्त्रका साथ सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपालको चितवन निवासी सुवेदी अमेरिकामा आइटीको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले आफु आइटी क्षेत्रमा काम गर्ने भएकाले […]