विधान संशोधन गर्न एनसिसीलाई निर्देशन, यस्ता छन् समावेश गर्नैपर्ने विषयहरु

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित गरिएको संशोधित विधान परराष्ट्र मन्त्रलायद्वारा प्रमाणिकरण गर्ने अन्तिम चरणमा पुगेको जनाएको छ । गत जनबरी २३ र २४ तारिखमा सम्पन्न संघको विशेष महाधिवेशनले पारित गरेको विधान परराष्ट्र मन्त्रालयममा पठाइएकोमा प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भन्दै राष्ट्रिय समितिलाई विधान संशोधन गर्न निर्देशन दिइएको हो । यस्तो छ, […]

एनआरएनए ओमनमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा विकल झा

काठमाडौं। गैर आवासीय नेपाली सोसल क्लब ओमनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले विकल झाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । झा नेतृत्वको नयाँ कार्यसमितिमा महेश चौधरी र सुरेश खड्का उपाध्यक्षमा चयन हुनुभएको छ । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र […]

लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिने

लाप्राक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र राख्ने भएको छ । संघले बस्ती निर्माणमा सहयोग गर्ने गैर आवासीय नेपालीहरु र विभिन्न संघसंस्थाहरुको नाम र सहयोग रकम सहितको शिलापत्र राख्ने भएको हो । जसको लागि शिलापत्र राख्ने स्थानको समेत निर्धारण गरिएको छ । […]

एनआरएनएको खेलकुद प्रतिष्ठान र केल्मीबीच सहकार्य, ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को खेलकुद प्रतिष्ठान र केल्मीको नेपाल वितरक कमारु ट्रेडिङं प्रा.लिं. बीच ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठाको खेलकुद विकास र प्रबद्र्धन अभियानमा सहयोग तथा सहकार्य गर्ने उद्देश्यले विभिन्न ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । संघको सचिवालयमा आयोजित एक कार्यक्रमका […]

एनआरएनए मकाउले खुलायो सदस्यताको आवेदन

मकाउ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले नयाँ सदस्यताको आवेदन खुलाएको छ । एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङले एक बिज्ञप्ति जारी गर्नुहुँदैै नयाँ सदस्यताको लागि आवेदन खुला गरिएको जानकारी गराउनुभएको हो । अध्यक्ष गुरुङद्धार जारी बिज्ञप्तिअनुसार नयाँ सदस्यता २५ मार्चदेखि जुन १० तारिखसम्म खुल्ला रहनेछ । साथै नवीकरण एनआरएनएको ‘म्यानेजेमन्ट इन्फमेसन […]

एनआरएनए यूके एमआइएसमा जाने, सदस्यता अप्रिल १ देखि जुन १० सम्म, शुल्क १० पाउण्ड

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी अप्रिलदेखि सदस्यता वितरण खुला गर्ने निर्णय गरेको छ । सदस्यताका लागि अप्रिल १ देखि जुन १० सम्मको समयमसीमा तोक्ने निर्णय गरेको हो । बैठकले सदस्यता शुल्क १० पाउण्ड निर्धारण गर्ने निर्णय पनि गरेको छ । प्राप्त सदस्यता आवेदनहरुलाई स्वीकृत गर्न कार्यसमितिको आगामी बैठकले ११ सदस्यीय प्रमाणिकरण […]

रबिन्द्रलाई एनआरएनएको बिदाई

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) खेलकुद प्रतिष्ठानले मिक्स मार्सल आर्ट खेलका भारतीय राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँट क्षेत्रीलाई बिदाई गरेको छ । भारतको हरयाणामा यही मार्च २८ तारिख देखी आयोजना हुने प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रतिस्पर्धाका लागि जान लाग्नु भएका क्षेत्रीलाई बिदाई गरिएको हो । संघका उपाध्यक्ष सोनाम लामा, मध्य पूर्व […]