आईपीएलमा हैदराबादको दोस्रो जित

एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट […]

स्वीडेनमा ‘एनआरएनए कप फुटबल प्रतियोगिता २०२०’ भब्य रुपमा सम्पन्न

स्वीडेन : गैर आवासीय नेपाली संघ स्वीडेनले यहि १२ सेप्टेम्बर २०२० तारिकका दिन स्टकहोल्मको Viking Yeti Club सँगको सहकार्यमा “एन आर एन ए कप फुटबल प्रतियोगिता २०२०” भब्य रुपमा सम्पन गरेको छ । प्रतियोगिताको समापन पछि गैर आवासीय नेपाली संघ, स्वीडेनका अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष घनश्याम पुन, युवा संयोजक भिम भण्डारी, महिला संयोजक रिना केसी, […]

फ्रेन्च ओपनमा मर्रेलाई वाइल्ड कार्ड

एजेन्सी । बेलायती टेनिस खेलाडी एन्डी मर्रेले फ्रेन्च ओपन टेनिसमा वाइल्ड कार्ड प्राप्त गरेका छन् ।यहिँ सेप्टेम्बर अन्तिमबाट सुरु हुने फ्रेन्च ओपनमा मर्रेले वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् । पूर्व विश्व नम्बर एक समेत रहेका मर्रेले युएस ओपन समेत वाइल्ड कार्डबाट खेलेका थिए । मर्रे युएस ओपनको दोस्रो चरणसम्म पुगेका थिए । यस वर्षको फ्रेन्च […]

इटालीले नेदरल्याण्ड्सलाई हरायो

एजेन्सी । नेसन्स लिग फुटबलमा इटालीले नेदरल्याण्ड्समाथि जित निकालेको छ । सोमबार राति समूह बीको खेलमा इटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० ले हराएको हो । डच टिममाथि साँघुरो जित निकाल्दै इटाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इटालीको जितमा पहिलो हाफमा निकोलो बरेलाले हेडमार्फत एकमात्र गोल गरेका थिए । एभर्टनका फरवार्ड मोइन केनले इटालीको अग्रता […]

अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ ।साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो । अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १-० ले जितेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो […]

पीएसजीलाई हराउँदै बायर्न च्याम्पियन

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले […]

सेभियालाई छैटौं पटक युरोपा लिगको उपाधि

एजेन्सी । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले […]