रसियालाई ओलम्पिक र विश्वकप खेल्न प्रतिबन्ध !

एजेन्सी :  विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रसियालाई ठुला खेल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ । वाडाले अर्को बर्ष हुने ओलम्पिक र सन् २०२२ मा हुने विश्वकप फुटबल खेल्न प्रतिबन्ध लगाएको हो । पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल खेल्न पाउने छैन । तर डोपिङबाट आफुलाई निर्दोश सावित […]

गौरिकालाई कीर्तिमानी चौंथो स्वर्ण

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८।१३ सेकेण्डको समय निकालिन् । भारतकी शिवांगी शर्माले रजत जितिन् । योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी […]

साग क्रिकेट : नेपाललाई ऐतिहासिक कास्य

काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा […]

स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक !

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । योसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । ओलम्पियन गौरिकाले यस अघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण […]

१३ औं सागको छैटौं दिन: नेपालको खातामा थप ५ स्वर्ण, नेपालले स्वर्ण संख्या ४१ पुर्‍यायो

काठमाडौं: १३ औं दक्षिण एशियाली खेलकुदको शुक्रबार छैटौं दिन । नेपालले थप ५ स्वर्ण पदक जितेको छ। नेपालले शुक्रबार गल्फमा २, एथ्लेटिक्समा एक, पौडीमा एक र भारोत्तलमा एक स्वर्ण पदक जित्यो। काठमाडौं, पोखरा र जनकपुरमा जारी प्रतियोगितामा बिहीबारसम्म ३६ स्वर्ण जितेको नेपालले शुक्रबार स्वर्ण पदक संख्या ४१ पुर्याएको छ। शुक्रबारसम्म कराँते, तेक्वान्दो, पौडी र भलिबलका […]

गौरिकालाई अर्को स्वर्ण !

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।  योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन् । बिहीबार गौरिकाले […]

सागमा दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजीलाई थ्रीस्टारका कोषाध्यक्ष श्रेष्ठले गरे सम्मान

काठमाडौंः रुस्लान थ्री स्टार क्लबका कोषाध्यक्ष राम श्रेष्ठ बोसले नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा करातेका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई आज शुक्रबार नगद पुरस्कारसहित सम्मान गरेका छन् । देशका लागि दुई स्वर्ण जितेको भन्दै मध्यपुर थिमि निवासी श्रेष्ठले अर्का मध्यपुर थिमि निवासी मण्डेकाजीलाई शुक्रबार प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसहित सम्मान […]