डेलिगेट्सको समस्या समाधान भए २४ घन्टाभित्र निर्वाचनमा जान तयार छौ: कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले डेलिगेट्स चयन प्रक्रियालाई गुमरामा पारेर भ्रमको खेती गरिएको बताउनु भएको छ । डेलिगेट्सको समस्या समाधान भए २४ घन्टाभित्र निर्वाचनमा जान तयार रहे पनि डेलिगेट्सको विषयलाई गुमरामा पारेर भ्रमको खेती गरिएकाले ययास्थितिमा निर्वाचनमा सहभागि हुन नसकिने बताउनु भयो । अंंग्रेजी […]

गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी नबनाऔं: रविना थापा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले संघलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिनु भएको छ । अध्यक्ष उम्मेदवार समेत रहनु भएकी थापाले लामो समय संस्थालाई अनिर्णयको बन्दी  बनाउन नहुने बताउँदै जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्ने बताउनु भएको हो । थापाले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै  संस्थामा कसैको पनि हस्तक्षेप हुन नहुने […]

एनआरएनएमा सबै पक्षलाई समेटेर लैजान परराष्ट्र मन्त्री खड्काको सुझाव

काठमाडौं – परराष्ट्र मन्त्री नारायण खड्काले गैर आवासीय नेपाली संघमा सबै पक्षलाई समेटेर लैजान सुझाव दिनु भएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसंगको भेटमा मन्त्री खड्काले सबै पक्षलाई समेटेर संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिनु भएको हो । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने पनि […]

निर्वाचनमा विजयी भएमा आफ्नो र अर्काको टिम नभनीकन साझा नेतृत्व गर्न तयार छु : डा. बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पद्का उम्मेदवार डा. बद्री केसीले निर्वाचनमा विजयी भएमा आफ्नो र अर्काको टिम नभनीकन साझा रुपमा नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ । केसी टिमले शुक्रबार आयोजना गरेको नयाँ वर्षको शुभकामना साँझ तथा साँस्कृतिक कार्यक्रममा बोल्नुहुँदै डा.  केसीले निर्वाचन अघि विभिन्न टिम बन्नू स्वभावीक भए पनि […]

एनआरएनए जापानको निर्वाचन पुन: गराउन माग

टोकियो – अनीता गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले अंग्रेजी नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका बिभिन्न क्षेत्रमा रहनु भएका एनआरएनएका अभियन्ता र शुभचिन्तकहरु, अन्य देशबाट जोडिनु भएका एनआरएनए अभियन्ता एबम संचारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा गुरुङले केन्द्रले नै बनाएको छानबिन समितीले धाँधली भएको […]

नयाँ वर्षको अवसरमा भब्य कार्यक्रमको आयोजना गर्दै केसी र आचार्य टिम

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भए पनि अध्यक्षका दावेदारहरुले आफ्ना गतिविधी जारी राखेका छन् । विशेष गरि डा.बद्री केसी र कुल आचार्य टिमले आफना ककस र खुल्ला डबली नाम दिएर आफ्ना गतिविधीलाई जारी राखेका हुन । यसअघि पनि दशैं, तिहार र छठ लगायतका पर्वमा जुम भर्चुअलको माध्यमबाट भब्य कार्यक्रमको आयोजना गरेका उनीहरुले […]

एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि नगर्न चेतावनी

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि गरिएको भन्दै तुरून्त बन्द गर्न आग्रह गरिएको हो । एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै गत जुलाई ३० तारिखमा सम्पन्न निर्वाचन […]