लण्डन – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा यूकेबाट दयानिधि सापकोटाले युरोप क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सापकोटाले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि हुन गइरहेको निर्वाचनमा क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए अभियान लामो समय चल्ने भएकाले तल्लो तहदेखि काम गर्दै विस्तारै माथिल्लो तहमा पुग्ने सोचअनुरुप […]
लन्डन- २८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ। “स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको […]
न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) ओशिनिया क्षेत्रीय सहसंयोजकमा न्यूजील्याण्डबाट रामराज ओलीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ओलीले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनसिसी न्यूजील्याण्डमा स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनु भएको ओलीले सन् २०१७-२०१९ मा महासचिव भएर जिम्मेवारी निर्वाह गर्नु भएको थियो । ओलीले […]
बर्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले उम्मेदवारी घोषणा गर्नु भएको छ । भट्टराईले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । अघिल्लो सन् २०१९-२०२१ कार्यकालमा पनि सोही पदको प्रत्यासी रहनु भएको भट्टराई झिनो मतले पछाडि पर्नु भएको थियो । ‘अग्रज, अभियन्ताहरुको […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी अक्टोवर २० तारिखमा गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । निर्वाचन समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोवर २० तारिखमा निर्वाचन गर्न प्रस्ताव गरेको हो । केहि साता अघि परराष्ट्र मन्त्रालयले एक पत्र लेख्दै तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिए पनि […]
दोहा- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा मध्यपूर्वका युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । रेग्मीले आगामी कार्यकालको लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा […]
लन्डन – गैर आवासीय नेपाली संघ अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ । सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुनेछ । गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी […]