नेपाललाई १४२ रनको लक्ष्य

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाललाई कुवेतले जितका लागि १४२ रनको मध्यम लक्ष्य दिएको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ […]

रियल मड्रिडको पोष्टमा एट्लेटिक मड्रिडको ७ गोल

एजेन्सी : ईन्टरनेश्नल च्याम्पियन्स कपमा रियल मड्रिडले शर्मनाक हार ब्यहोरेको छ । शनिबार बिहान भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोल अन्तरले हराएको हो । पहिलो हाफमै ५–० को अग्रता लिएको एट्लेटिको प्रि–सिजनको खेलमै रियललाई सजक गराएको छ । नयाँ खेलाडी अनुबन्धनमा ठुलो धनराशी खर्च गरेको रियलले लगातार खराब नतिजा ब्यहोर्दै आएको छ […]

सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरणस्थलको खोजी

कास्की: नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल सङ्घका पदाधिकारी […]

नेमारलाई क्याम्प नोउमा ल्याउने अन्तिम तयारीमा अध्यक्ष बार्टोमेउ

एजेन्सी : बार्सिलोना आफ्ना पूर्वस्टार नेमारलाई फेरि टिममा फर्काउन हरसम्भव प्रयास गरिरहेको छ । तर, २०१७ मा विश्वको सबैभन्दा महंगो खेलाडी बन्दै २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी गएका नेमारलाई ल्याउन त्यति सजिलो छैन । बार्साले एन्टोइन ग्रिजम्यान र फ्रेङ्की डि योङलाई अनुबन्ध गर्दा यो सिजनको अधिकांश ट्रान्सफर बजेट खर्चिसकेको छ । त्यसैले युरोपियन फुटबल संघको […]

फिफा वरीयता नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं : फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल साबिकभन्दा एक स्थान घटुवा भएको छ । अघिल्लो महिना १६५औं स्थानमा रहेको नेपाल जुलाई महिनाको वरीयतामा एक स्थान तल झर्दै १६६औं आइपुगेको हो । सार्क राष्ट्रतर्फ भारत सबैभन्दा शीर्ष स्थानमा छ । ऊ समग्रमा १०३औं स्थानमा छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १५२औं स्थानमा छ […]

बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्ने माग

एजेन्सी : एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न माग गर्दै निवेदन दिएको बताएका छन् । खेलाडी रिलिज क्लजको बिषयमा भएको विवादका कारण एट्लेटिकाले ग्रिजम्यानको दर्ता रोक्न आग्रह गरेको हो । बार्सिलोनाले गत हप्ता विश्वकप […]

ग्लोबल टी-ट्वान्टी: सन्दीपको टिम टोरन्टोको खेल आज

काठमाडौं : क्यानाडामा आयोजना हुने दोस्रो संस्करणको ग्लोबल टी(ट्वान्टी) क्रिकेट आज (बिहिबार) बाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र भ्यान्कोभर नाइट्सबीच प्रतिस्पर्धा हुनेछ । ब्राम्प्टनस्थित सिएए सेन्टरमा हुने खेल नेपाली समय अनुसार राती १०:१५ मा सुरु हुनेछ । नेपाली लेग स्पिनर सन्दीप भने पहिलो खेलमा उपस्थिति […]