ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनले पूर्णता पाएको छ । एनआरएनए चीनको कार्यसमितीको तेस्रो र चौथो बैठकले रिक्त रहेको बाँकि पदमा मनोनीत गर्दै पूर्णता पाएको हो । बैठकले एनआरएनए चीनको संरक्षक, सल्लाहकहरु, प्रवक्ता र सदस्यको मनोनीत गरिएको हो । यस्तो छ मनोनीत पदहरु ;- संरक्षकहरु ;- सुदेश कुमार झा अमृता थापा […]
काठमाडौँ: एनआरएनए नाइजेरियाको तर्फबाट अर्घाखाँची शितगङ्गा नगरपालिका ५ का ब्लड क्यान्सर बाट पीडित नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग हस्तान्तरण गरिएको छ । एनआरएनए नाइजेरियाको तर्फबाट सङ्घका अध्यक्ष रोशन थापाले न्यौपानेलाई ७१हजार १६० रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । सिभिल अस्पताल काठमाडौँमा उपचार गराइरहेका न्यौपानेलाई अस्पतालमै गएर सहयोग हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण गर्न अध्यक्ष थापा […]
ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ चीनको आयोजनामा चीनको ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतवासका नवनियुक्त महावाणिज्यदुत हरिशरण पुडासैनीको स्वागतार्थ रात्रीभोजका साथै शुभकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ । बिगत अठार महिनादेखी रिक्त रहेको ग्वान्जौस्थित महावाणिज्यदुतावासमा महावाणिज्यदुतको पदभार ग्रहण गर्नुभएको पुडासैनीको सम्मानसंगै सफल कार्यकाल साथै नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नयाँ कार्यसमितिले पूर्णता पाएको छ । एनआरएनए नयाँ कार्यसमितिले विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड, २१ जना सदस्यहरु मनोनीत, ५१ जनाको मानार्थ परिषद् गठन गरेसँगै पूर्णता पाएको हो । शनिबार राति साइवर कन्फ्रेन्समार्फत बसेको बैठकले रिक्त रहेको पदमा मनोनीत गर्दै नयाँ कार्यसमितिलाई पूर्णत दिएको हो । संघका प्रवक्ता डिवी क्षेत्रीका […]
काठमाडौं: भारतीय अतिक्रमणविरुद्ध डेनमार्कमा पनि प्रदर्शन भएको छ । गैर आवासीय नेपालीहरुले सिमा अतिक्रमण विरुद्ध भारतीय दुतावास कोपेनहेगनको अगाडी बिरोध प्रदर्शन गरेका हुन । ग़ैर आवासीय नेपाली संघ डेनमार्कको आयोजना तथा डेनमार्क स्थित नेपाली समाजका राजनैतिक तथा सामाजिक संघ संस्थाको सकृयतामा नेपालका अभिन्न भाग कालापानी, लिपुलेक, लिम्पियाधुराको अतिक्रमण विरुद्द प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा […]
काठमाडौं : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउ र विप्स ल एसोसिएट्स प्रा.लि., काठमाडौंबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । रोजगारीको सिलसिलामा मकाउ गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा एनआरएनए […]
काठमाडौं : गैर आवासीय नेपाली सघले काठमाडौंका प्रमुख ब्यस्त चोकमा सार्वजनिक शौचालय बनाउने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गैरआवासीय नेपाली संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो । यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरेको […]