एनआरएनए अमेरिकाको फर्जी मतबारे जानकारी दिन छानविन समितिको अपिल

टेक्सस। गैर आवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा प्रयोग गरिएको भनिएका २०९३ फर्जी मतबारे गठित छानविन समितिले अमेरिकाबासी सम्पूर्ण गैरआवासीय नेपालीहरुसँग आवश्यक सूचना र सहयोगका लागि आह्वान गरेको छ। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा छानविनका लागि गठित सो छानविन समितिका संयोजक तथा एनआरएनए अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले एक विज्ञप्ति जारी गर्दै […]

एनआरएनएको सराहनीय कार्य : ‘एनआरएन मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण हुँदै

चितवन – गैर आवासीय नेपाली संघले आगामी पुष ३ गते ‘एनआरएनए मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गर्ने भएको छ । गैर आवासीय नेपाली संघका सचिव एव एनआरएनए ब्लड बस परियोजनाका संयोजक गौरीराज जोशीको पहलमा शूरु गरिएको सो प्रोजेक्ट आगामी पुष ३ गते हस्तान्तरण गरिन लागिएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार […]

नोर्डिक क्षेत्रका एनसिसीहरु अनलाईन भोटिङ र नि:शुल्क सदस्यताको विषयमा साझा धारणा बनाउँदै

कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले अघि सारेको सांगठनीक पुनर्सरचनासहितको प्रस्तावको विषयमा यूरोपका स्कान्डिभियन नोर्डिक क्षेत्रमा रहेका एनसिसीहरु साझा धारण बनाउन लागिपरेका छन् । संंघले अगाडि सारेको एमआईएस सिस्टम, अनलाईन भोटिङ र निशुल्क सदस्यतालगायतका विषयमा नोर्डिक क्षेत्रमा रहेका एनसिसीहरु साझा धारणा बनाउन लागिपरेका हुन । सोही विषयमा छलफल गर्न केहि समय अघि […]

आगामी शुक्रबार निशुल्क स्वास्थ्य परिक्षण गर्दै एनआरएनए कतार

दोहा – गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर शुक्रबारका दिन निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएनए कतारको आयोजनामा हुन लागेको निशुल्क स्वास्थ परिक्षण कार्यक्रम १८ डिसेम्बर बिहान १० बजे देखि ४ बजे सम्म हुने एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिनुभयो । […]

यूके, आयरल्याण्ड, डेनमार्क, स्पेन र अष्टीयाको संयुक्त आयोजनामा युवा लक्षित कार्यक्रम हुँदै

लन्डन – यूरोप क्षेत्रका यूके, आयरल्याण्ड, डेनमार्क, स्पेन र अष्टीयाको संयुक्त आयोजनामा युवा लक्षित कार्यक्रम हुने भएको छ । ‘गैर आवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान’ विषयमा युवा लक्षित कार्यक्रम हुन लागेको हो । भर्चुअल रुपमा आयोजना गरिन लागिएको कार्यक्रमलाई नेपाल पत्रकार महासंघ यूरोप शाखाले पनि संयोजन गरेको छ । डिसेम्बर महिनाको १९ तारिख […]

एनआरएनएको कोरोना कोषमा राष्ट्रिय समन्वय परिषद् कतारको ९ लाख सहयोग

दोहा– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले खडा गरेको कोभिड–१९ कोषमा राष्ट्रिय समन्वय परिषद् कतारले ९ लाख नेपाली रपैयाँ जम्मा गरेको छ । कोरोना भाइरसका कारण जनजिवन अस्तव्यस्त भइरहेको अवस्थामा थोरै भएपनि राहत पुर्याउने उदेश्यले सो रकम जम्मा गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिनुभयो […]

पहिलो एशिया प्रशान्त क्षेत्रीय युवा सम्मेलनको तयारी पूरा, सहभागिताका लागि अपिल

काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्र युवा समितिले यही आउने ५ डिसेम्बर २०२० मा हुने पहिलो क्षेत्रीय युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको छ । एसिया प्यासिफिक युवा समितिका संयोजक दिपक कंडेलका अनुसार भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्देश्य विश्वभरि छरिएर रहेका युवाहरुलाई राष्ट्र निर्माण एकीकृत गराउनु हो । सम्मेलनको मूल नारा ‘युवा, […]