‘नेपाली भूमीमा भारतले सडक निर्माण गरेको समाचारले गैर आवासीय नेपालीहरु स्तब्ध भएका छौ’

नारायण आचार्य भारत सरकारले चीनको मानसरोवर सम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भुभाग लिपुलेख हुँदै सडक निर्माण गर्दै गरेको समाचारले हामी सवै गैर आवासीय नेपालीहरु स्तब्ध भएका छौं। करिव ६ महिना अगाडी भारत सरकारले आफ्नो देशको नक्सामा उक्त नेपाली भुभागलाई समावेश गरि प्रकासित गर्नु र अहिले सोहि भुभागमा भारतीय राजमार्ग निर्माण गर्नु अत्यन्तै खेदजनक […]

एनआरएनए अमेरिकाज् क्षेत्रका आइसिसी र मानार्थ सदस्यहरुले गरे सिमा अतिक्रमणको भत्सर्ना

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका आइसिसी सदस्य र मानार्थ परिषद सदस्यहरुको संयुक्त बैठकले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको छ ।  भारतले एकतर्फी रुपमा नेपाली भूभाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकोप्रति क्षेत्रभित्रका आइसिसी […]

नेपाली भूमिमा भारतले सडक निमार्ण गर्नु अन्तराष्ट्रिय कानून विपरित: एनआरएनए (बिज्ञप्तिसहित )

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको छ । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय […]

एनआरएनए साउदीको सराहनीय कार्य: समस्यामा परेका १ सय ९८ जना नेपालीलाई राहत वितरण

साउदी अरव : साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा एनआरएनए सक्रिय भएर लागिपरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीले समस्यामा परेका सयौ नेपालीलाई राहत वितरण गरेको छ । संघले हालसम्म आफ्नो सम्पर्कमा आएका पूर्वीक्षेत्र दमाममा १०४, मध्ये क्षेत्र रियादमा ५६, अलकासिम ३ र तावुक क्षेत्रमा ३५ जना गरी […]

एनआरएनए हङकङको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङको सहयोगमा प्राप्त स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देशक भोगेन्द्र राज डोटेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण […]

बहराईन, मलेसिया, स्पेन र पोर्चुगललाई ५ /५ हजार, इटालीलाई ४ हजार र माल्टालाई ३ हजार डलर सहयोग गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ बाट पीडित यूरोपका चार वटा , मध्यपूर्व र एसिया प्याशिफिकको एक/ एक वटा देशलाई २७ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए आइसिसीले गैर आवासीय नेपालीहरुलाई दोश्रो चरणमा २७ हजार डलर सहयोग गर्ने निर्णय गरिएको हो । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार एसिया […]

‘मध्यपूर्वका नेपालीको उद्दार तथा राहत मोडालिटी’ बारेमा सरकारलाई एनआरएनएको १४ बुँदे सुझाव

काठमाडौं : गैर आवासीय नेपाली संघले ‘मध्यपूर्वका नेपालीको उद्दार तथा राहत मोडालिटी र कोरोना कहरबाट हुने रोजगारी’ को विषयमा सरकारलाई १४ बुँदे सुझाव दिएको छ । एनआरएनए मध्यपूर्वले कोरोनाबाट उत्पन्न परिस्थितिको गम्भिर समिक्षा गर्दै मध्यपूर्वमा रहेका नेपालीलाई राहत तथा उद्धारको विषयमा सरकारलाई १४ बुँदे सुझाव दिएको हो । एनआरएनएले मध्यपूर्वमा परराष्टको प्रत्यक्ष संलग्नता र दूतावास सहित […]