डब्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्ड र नेपाल जनजाती महासंघको संयुक्त आयोजनामा डब्लिनमा दसै-तिहार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न ख्यातीप्राप्त कलाकारको सहभागितामा दसै-तिहार शुभकामना आदान प्रदानका साथै दसै -तिहार धमाका- २०७८ सम्पन्न गरिएको हो । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनए यूरोप क्षेत्रीय […]
काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले नेपालका राजनीतिक दलका नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ । एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसी प्रति लक्षित गर्दै आचार्यले तिहारको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्नुहुँदै नेपालका नेताहरुले नपत्याएपछि हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको हो । संघका सल्लाहकार […]
काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा कुनै पार्टीले पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । एनआरएनएको आन्तरिक मामिलामा कुनै पनि राजनीतिक पार्टीहरुले अनावश्यक हस्तक्षेप र चासो राख्न नहुने बताउनु भएको हो । एनआरएनए अध्यक्ष पदको लागि उम्मेदवार रहनु भएको रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना कार्यक्रममा […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्ति विशेषलाई एनआरएनएमा जिताउन विज्ञापन गर्दै हिडेको भन्दै आपत्ति जनाउनु भएको छ । केसी टिमले बिहीबार भर्चुअल रुपमा आयोजना गरेको तिहार विशेष शुभकामना साँझमा बोल्नु हुँदै उपाध्यक्ष समेत रहनु भएको डा केसीले प्रधानमन्त्री देउवाले व्यक्ति विशेषलाई जिताउन विज्ञापन […]
मेरील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) मेरील्याण्ड च्याप्टरको कार्यालय एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्डका लागि महावाणिज्यदूत प्रेम राजा महत्त र एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । सो अवसरमा एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीले संस्थागत विकासका लागि मेरिल्याण्ड […]
लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष औपचारिक भेट गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र बुझाएको हो । एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, […]
काठमाडौं – गैर आवासीय नेपाली संघले एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता गरेको छ । आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता गरेको हो । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited […]