काठमाडौं – गैर आवासीय नेपाली संघको विवाद उत्कर्षमा पुगिरहँदा अध्यक्ष कुमार पन्तले आज (मंगलबार) संघको मुख्य सचिवालयमा चियापन कार्यक्रमको आयोजना गर्नु भएको छ । अध्यक्ष पन्तले डिसेम्बर २८ अर्थात मंगलबार दिनको ४ बजे चियापान कार्यक्रम आयोजना गर्नु भएको हो । अध्यक्ष पन्त आजै नेपाल आउने कार्यक्रम रहेको बताइएको छ । साथै अहिले एनआरएनएका धेरै पदाधिकारी, […]
काठमाडौं – गैर आवासीय नेपाली संघको विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालीएको छ । एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्नका लागि तदर्थ समिति गर्ने तयारी थालीएको हो । गत अक्टोवरमा नै हुनुपर्ने निर्वाचन प्रतिनिधि विवादका कारण वारम्वार मिति तोक्दा पनि हुन नसकेपछि निर्वाचन कमिटिले तदर्थ समिति गठनको गृहकार्य शूरु गरेको हो । वर्तमान […]
काठमाडौं – गैर आवासीय नेपाली संघभित्रको विवाद मिल्न नसक्दा महाधिवेशन र निर्वाचन अनिश्चित बन्दै गएको छ । संघभित्रको प्रतिनिधि विवाद मिल्न नसक्दा अक्टोवरमै हुनु पर्ने निर्वाचन अनिश्चित बन्दै गएको हो । निर्वाचन अनिश्चित बन्दै गएपछि गैर आवासीय नेपालीभित्र नैराश्यता छाउँन थालेको छ । यो पटक अक्टोवरको लागि भन्दै ६ महिना अघि देखि चुनावको तयारीमा जुटेका […]
काठमाडौं – गैर आवासीय नेपाली संघ बेल्जियमले पूर्णता पाएको छ । संस्थाका अध्यक्ष खड्क बहादुर केसीको अध्यक्षतामा बसेको तेश्रो पूर्ण बैठकले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो । यस संस्थाको बिधान को धारा ११ दफ़ा १ अनुसार जनजाति पृष्ठभूमीबाट ६ र अध्यक्षबाट ४ गरी १० जना कार्य समिति सदस्यहरु मनोनयन गरि पूर्णता दिइएको महासचिव रमेश कंडेलले […]
काठमाडौं – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सस्थामा लामो समयदेखिको विवादका कारण गैर आवासीय नेपालीहरु निराश भएको भन्दै छिटो समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । त्रिपाठीले समस्या समाधानको लागि भइरहेका प्रयासलाई स्वागत गर्दै अब छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने बताउनु भयो । ‘अब अति भइसक्यो, अब पनि […]
काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताउनु भएको छ । आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफै मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताउनु भयो । गैर आवासीय नेपाली संघकी उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रविना थापा सहितका अरू उम्मेदवार र सदस्यहरूसँग काठमाडौँमा भएको छलफलमा […]
काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले आफुले एनआरएनएभित्र भागबन्डाको प्रस्ताव नगरेको भन्दै खण्डन गर्नु भएको छ । अध्यक्षका अर्का उम्मेदवार डा. बद्री केसीले आफूलाई एक जना अग्रजमार्फत कुल आचार्यले आलोपालो अध्यक्षको प्रस्ताव राखेको बताएपछि आचार्यले आफूले भागबन्डाको लागि कुनै प्रस्ताव नगरेको भन्दै खण्डन गर्नु भएको हो । आचार्यले भागबन्डाको […]