मुगु: जिल्ला अस्पताल मुगुदेखि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ भने बिरामीहरू निजि मेडीकल बाटऔषधि किन्दै रहेका छन । जिल्लामा रहेका स्थानिय निकाय,जिल्ला अस्पताल,जिल्ला स्वास्थ्य कायलय क्षेत्रीय मेडिकल स्टोर बाट प्रतेक बर्ष लाखै मूल्यको औषधि खरीद गरेको देखाए पनि हिजो आज मुगुमा औषधि अभाव रहेको देखीन्छ । सिंहदरवारको अधीका गाँउ गाँउ आयो […]
काठमाडौं : मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार निर्धारण गरेको थियो । यसैगरी […]
विमलबहादुर विष्ट /डोटी सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु […]
प्रा.डा सुदर्शन नरसिंह प्रधान नेपाली समाजमा नकारात्मक सोचले जरा गाडेको छ। फलानाले राम्रो लगायो, मिठो खायो भनेर अरुको रिस–डाह गर्ने, आफ्नै जीवनसँग गुनासो, असन्तुष्टि राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ। यस्ता असन्तुष्टिले जीवनमा उदासीपन एवं निराशा उत्पन्न हुन्छ र विस्तारै नकारात्मक सोचको विकास हुन्छ। नकारात्मक सोचाइले वरिपरिको वातावरण नै नकारात्मक बनाउँछ। नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई […]
बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । […]
हेटौडा : हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट […]
सुनसरी : कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो । ४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको […]