काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५÷७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् । सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका […]
काठमाडौं: चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ । त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि गर्ने निर्णय संस्थान अन्तर्गतको विद्या परिषद्को बैठकले बिहीबार गरेको थियो । तर सो निर्णय सार्वजनिक गरिएको छैन । चिकित्सा […]
काठमाडौं : स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सो अस्पतालले आजबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएपछि टिकट काट्न लाइमा बस्नुपर्ने बाध्यता हटेको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् […]
चितवन : प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको […]
हेटौडा: हेटौँडा उपमहानगरपालिकामा डेङ्गुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ । महानगरपालिकाले आज कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ । आजै डेङ्गु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल […]
काठमाडौं: निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना हुनुभएका ९६ वर्षीय उहाँको स्वास्थ्य अवस्था आज सुधार भएको उहाँका नाति अवनी दीक्षितले जानकारी दिनुभयो । दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् ।
काठमाडौं: प्रथम जापान–नेपाल चिकित्सा सम्मेलन शुरु भएको छ । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था ९जाग्राम० द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ । सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका विभिन्न अस्पताल तथा सङ्घ संस्थामा कार्यरत […]